विराटनगर, ११ चैत । पूर्वउपप्रधानमन्त्री एवं नेपाली वाम लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ नेता भरतमोहन अधिकारीको स्मृतिमा श्रद्धाञ्जलिसभाको आयोजना गरिएको छ ।
नेकपा जिल्ला समिति मोरङले सोमबार विराटनगरमा श्रद्धाञ्जलीसभाको आयोजना गरेको थियो । सो कार्यक्रममा स्व.अधिकारीको योगदानबारे वक्ताहरुले चर्चा गरेका थिए ।
कार्यक्रममा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्र र समाजका लागि गरिने योगदान कहिले पनि खेर नजाने बताएका छन् ।
पोखरेलले निकै खारिएका र परिपक्व अधिकारीको सपना, योगदान र विचारले पार्टीलाई कालान्तरसम्म फाइदा भइरहने विचार व्यक्त गरे ।
तपाईको प्रतिक्रिया