काठमाडौं, ५ कार्तिक । नेपाल सरकारका १८ अधिकारीहरुको दोस्रो समूहले सोमबारबाट भारतको बेंगलूरस्थित नेशनल एकेडेमी अफ कस्टम्स, इनडाइरेक्ट ट्याक्सेज एण्ड नार्कोटिक्स (नासिन) मा “सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण” बारे प्रशिक्षण सुरु गरेका छन् ।
नेपाल सरकारको अनुरोधमा कूल ६० अधिकारीहरुको लागि तयार पारिएकोे यो एक विशेष कोर्ष हो । नेपाल सरकारका विभिन्न निकायहरुको क्षमतालाई अभिवृद्धि गर्ने भारत सरकारको प्रतिबद्धताको उदाहरणको रुपमा यस कार्यक्रमलाई लिइएको छ ।
भारत सरकारको पूर्ण सहयोग रहेको सो कोर्ष भारतीय विदेश मन्त्रालयको प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रम अन्तर्गत रहेको छ ।
यस प्रशिक्षणले कार्यक्रममा सहभागी अधिकारीहरुको सम्पत्ति शुिद्धकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी मामिलाहरुलाई प्रभावकारी ढङ्गबाट सामना गर्न सक्ने क्षमतालाई अभिवृद्धि गर्नेछ ।
२० नेपाली अधिकारीहरुको पहिलो समूहले २०७६ भाद्र ७ गते ६ दिने प्रशिक्षण मोड्युल सफलतापूर्वक सम्पन्न गरेका थिए ।
२१ नेपाली अधिकारीहरुको तेस्रो समूहले यही मंसीर–पौष महिनादेखि प्रशिक्षण सुरु गर्नेछन् । वित्तीय अनुसन्धान एवम् सम्पत्ति शुिद्धकरण क्षेत्रमा नासिन भारत सरकारको अत्याधुनिक शिक्षण सुविधा सहितको प्रमुख प्रशिक्षण संस्थान हो ।
योे एशिया /प्रशान्त क्षेत्रका लागि विश्व भन्सार संस्थाको एक मान्यताप्राप्त क्षेत्रीय प्रशिक्षण केन्द्र हो र अन्य अन्तर्राष्ट्रिय संस्थाहरु जस्तै युएनइपी, युएनओडीसी, एसएएसईसी आदिसँग मिलेर काम गर्दछ ।
तपाईको प्रतिक्रिया