भारतीय दूतावाससँग छलफल

समाचार

1/9/2020

काठमाडौं, २४ पुस । नेपाल उद्योग परिसंघका पदाधिकारीहरुले नेपालस्थित भारतीय दूतावासका सार्ज डे अफेयर्स डा. अजयकुमारसँग छलफल गरेको छ ।

छलफलका क्रममा परिसंघका अध्यक्ष सतीशकुमार मोरले नेपालमा भारतीय लगानी बढाउन दूतावास तथा परिसंघ मिलेर काम गर्नुपर्ने आवश्यकतामा जोड दिए ।

अध्यक्ष मोरले नेपालले मनाइरहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन पनि दूतावासको सहयोग आवश्यक रहेको बताए ।

त्यसक्रममा सार्ज डे अफेयर्स डा. अजयकुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तीव्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ