विराटनगर, ८ कार्तिक । भारतीय नेपालीभाषी साहित्यकारको सम्मानमा कविगोष्ठी आयोजना गरिएको छ ।
पूर्वाञ्चल साहित्य प्रतिष्ठान र परोपकार अभियान समूहको संयुक्त आयोजनामा कविगोष्ठीको आयोजना भएको हो ।
कविगोष्ठी कार्यक्रममा भारतीय नेपाली भाषी साहित्यकार ज्ञानबहादुर क्षेत्री, चन्द्रमणि उपाध्याय, विष्णु शास्त्री, माधव भट्टराई, छत्रमान सुब्बा, कृष्ण आचार्य, प्राञ्जल प्रतिम बोहरालगायतले कविता वाचन गरेका थिए ।
भाषा, साहित्य र कलाको राजनीतिक सीमा नहुने भन्दै नेपालमा आएर आफ्ना सिर्जना प्रस्तुत गर्न पाएकामा उनीहरुले खुशी व्यक्त गरे ।
कवि चूडामणि अकिञ्चनले असमी भाषामा उनीहरुलाई स्वागत गर्नाका साथै समालोचक प्रा डा गोविन्दराज भट्टराई, दधिराज सुवेदी, परोपकार अभियान समूहका अध्यक्ष बाबुराम न्यौपाने, कवि दिङ्लाली कान्छोलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया