काठमाडौँ, २४ फागुन । भारतमा सम्पन्न पत्रकार कुम्भमेलामा नेपाली पत्रकार अशोक सिलवाल सहभागी भएर स्वदेश फर्केका छन् ।
कर्णाटक युनियन अफ वर्किङ जर्नालिष्ट एशोसिएसन (केयुडब्लुजेए) र मैसुर डिष्ट्रिक जर्नालिष्ट एशोसिएशनको संयुक्त आयोजनामा कर्णाटक राज्यको मैसुरस्थित सुतुरश्रीक्षेत्रमा फागुन १७ र १८ गते आयोजित भेलामा कर्णाटक राज्यका करीब दुई हजार पाँच सय पत्रकार सहभागी थिए ।
राज्यस्तरको ३४ औंँ सो पत्रकार भेलालाई कर्णाटकका मुख्यमन्त्री एचडी कुमारास्वामीले सम्बोधन गरेका थिए ।
भेलामा विशेष आतिथ्यता र ‘भिडियो जर्नालिज्म : न्यू च्यालेञ्जेज’ शीर्षकको सत्रको उद्घाटन तथा मन्तव्यका लागि सिलवाललाई त्यहाँ निम्त्याइएको थियो ।
भेलामा पुराना तस्वीर, छपाइ यन्त्र, रेडियो, क्यामरा र टिभी प्रदर्शनीमा राखिएको थियो भने पत्रकारिता र यस क्षेत्रका अनेक विषय र आयामबारे अनेक अन्तरक्रिया भएका थिए ।
तपाईको प्रतिक्रिया