भारतीय प्रमकोे नेपाल भ्रमण गराउन राजदूत सक्रिय

समाचार

2/11/2020

काठमाडौं, २८ माघ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमण गराउन दिल्लीस्थित नेपाली राजदूत नीलाम्बर आचार्य सक्रिय भएका छन् ।

राजदूच आचार्यले राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशसचिव हर्षवद्र्धन शृंगलासँग बेग्लाबेग्लै भेट गरी उनको नेपाल भ्रमणबारे छलफल गरेका छन् ।

दुवै भेटमा नेपाल–भारत सम्बन्धका सबै पक्षमा कुराकानी भएको नेपाली दूतावासले ट्विटमा जनाएको छ । राजदूत आचार्यले विदेशसचिव शृंगलासँग नेपाल–भारत विदेशसचिवस्तरीय वार्ता यथाशीघ्र हुनुपर्नेमा जोड दिएका थिए ।

विदेशसचिव शृंगलालाई नेपाल भ्रमणका लागि परराष्ट्रसचिव शंकरदास बैरागीले पठाएको निमन्त्रणाको पनि राजदूत आचार्यले स्मरण गराएका थिए । विदेशसचिव शृंगलाले नेपाल भ्रमणमा आउने र विदेशसचिवस्तरीय वार्तासमेत हुने बताएका थिए ।

राजदूत आचार्यले विदेशसचिव शृंगलामार्फत आगामी चैतमा आयोजित सगरमाथा अन्तर्राष्ट्रिय संवादमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रधानमन्त्री केपी ओलीले दिएको निमन्त्रणाको पनि स्मरण गराएका थिए ।

नेपाल सरकारले मोदीलाई सगरमाथा संवाद वा बुद्ध जयन्तीमा भ्रमण गराउन भारतीय विदेश मन्त्रालयसँग आग्रह गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ