भारतीय राजदूतको बिदाइमा देउवाद्वारा भोज

समाचार

12/23/2019

काठमाडौं, ७ पुस । नेपाली काँग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीलाई बिदाइ गरेका छन् ।

देउवाले पुरीलाई बूढानीलकण्ठस्थित निवासमै बोलाएर पुरीको बिदाइ गरेका हुन् । यो क्रममा देउवाले काँग्रेसका शीर्ष नेताहरु समेतलाई बोलाएका थिए ।

जसमा सबैलाई विशेष भोजको व्यवस्था गरिएको थियो । सो क्रममा देउवासहित शीर्ष नेताहरु र पुरीबीच करीब १ घण्टा छलफल पनि भएको छ ।

राजदूत पुरी आफ्नो तीनवर्षे कार्यकाल पूरा गरेर यही पुस १५ गते स्वदेश फर्किने तयारीमा छन् ।

आइतबार राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले पनि पुरीको बिदाइमा कार्यक्रम आयोजना गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ