काठमाडौं, २३ मंसिर । नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीव सिंह पुरीबीच भेट वार्ता भएको छ ।
नेकपाका विदेश मामला विभाग प्रमुखसमेत रहेका नेपाललाई भेट्न पुरी कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।
भेटमा राजदूत पुरीले आफ्नो नेपाल बसाइ पूरा हुन लागेको र यसबीचमा आफ्ना कार्यकालको चर्चा गरेका थिए ।
नेता नेपाल र राजदूत पुरीबीच नेपाल भारत सम्बन्धका विविध पक्षमा कुराकानी भएको थियो ।
भेटमा भारतले जारी गरेको पछिल्लो राजनीतिक नक्सा र सीमामा देखिएको विवाद समाधान गर्ने विषयमा पनि नेता नेपाल र भारतीय राजदूत पुरीबीच अनौपचारिक छलफल भएको थियो ।
तपाईको प्रतिक्रिया