भारतीय र जापानी प्रशिक्षकबाट प्लम्बिङ तालिम

समाचार

4/22/2019

काठमाडौं, ९ बैशाख । पञ्चकन्या ग्रुपले सेकिसुई, जापान र स्टारलाइन इन्टरप्राइजेज भारतको सहकार्यमा विशेष किसिमको प्लम्बिङ तालिम दिएको छ ।

ग्रुपकाअनुसार वैशाख ४ देखि सञ्चालनग रिएको तालिम दुई दिन चलेको थियो । तालिममा एक सय ७५ जना सहभागी थिए । यसमध्ये चार जना महिला थिए ।

नेपालमा यस किसिमको तालिम दिने पहिलो निजी कम्पनी पञ्चकन्या ग्रुप बनेको छ ।

यो तालिम प्रारम्भिक प्लम्बिङ प्रकार थियो । जापानको प्रख्यात कम्पनी सेकिसुई र भारतको स्टारलाइन इन्टरप्राइजेजका दक्ष, अनुभवी तथा व्यावसायिक प्रशिक्षकले तालिम दिएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ