काठमाडौं, १० चैत । भारतीय विदेश सचिव विजय केशव गोखले नेपाल भ्रमणमा आउने भएका छन् । उनी मार्च २८ अर्थात् चैत १४ गते दुई दिने नेपाल भ्रमणमा आउन लागेका हुन् ।
नेपाल बसाइको क्रममा गोखलेले नेपाली अधिकारीहरुसँग भारतीय सहयोगका कार्यक्रम र दुईपक्षीय सम्बन्धसँग सम्बन्धित विषयमा छलफल गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयका अधिकारीहरुले बताएका छन्
भारतीय विदेश सचिवको भ्रमणको क्रममा भारतीय सहयोगमा नेपालमा सन्चालित कार्यक्रम, द्विपक्षीय हितका साथै नेपाल(भारतको उच्चस्तरीय भ्रमणका क्रममा भएका सहमतिको प्रगतिबारे छलफल हुनेछ ।
नेपाल बसाइको क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली, परराष्टमन्त्री प्रदीप ज्ञवाली र अन्य शीर्ष नेताहरुलाई भेट्ने कार्यक्रम छ ।
तपाईको प्रतिक्रिया