काठमाडौं, १४ चैत । नेपाल भ्रमणमा रहेका भारतका विदेश सचिव विजय गोखलेले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।
नेपाल–भारत परराष्ट्र सचिव स्तरीय संयन्त्रको बैठकमा भाग लिन काठमाडौं आएका विदेश सचिव गोखलेले ओलीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा द्विपक्षीय हित र चासोको विषयमा छलफल भएको हो । भेटमा नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी पनि उपस्थित थिए ।
त्यसअघि भारतीय विदेश सचिव गोखलेले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग सिंहदरबारमा भेटवार्ता गरेका थिए । द्विपक्षीय हितको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
त्यसअघि सचिव गोखले नेपाल भारत परराष्ट्र सचिव स्तरीय बैठकमा सहभागी भएका थिए । विदेश मन्त्रालयको सचिवको जिम्मेवारी सम्हालेको १५ महिनापछि उनी पहिलो पटक नेपाल भ्रमणमा आएका हुन् ।
तपाईको प्रतिक्रिया