रौतहट, ९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय सीमाक्षेत्रमा प्रयोग हुने भारतीय नम्बरका सवारी साधनको अभिलेख दर्ता गराउन समय निर्धारण गरेको छ ।
आपराधिक घटना तथा सवारी दुर्घटनामा भैरहेको मानवीय क्षति न्यूनीकरण गर्ने उद्देश्यले भारतीय नम्बरको सवारी साधनको दर्ता गराउने कार्य शुरू गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक नविन कार्कीले आपराधिक घटना गर्ने गराउने तथा सडक दुर्घटनामा सबैभन्दा बढी भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग भएको देख्दा अभिलेख तयार गर्न लागिएको बताएका छन् ।
बैशख ९ गतेदेखि २३ गतेसम्म भारतीय नम्बरको सवारी साधन मोटरसाइकल, जीप, कार, टेम्पू नजिकको प्रहरी कार्यालयमा गएर दर्ता गराउन समय तोकेक हो ।
प्रयोग गर्नेले सवारी साधनको कागजात, परिचय खुलने कागज, प्रयोगकर्ताको पासपोर्ट साइजको फोटो र सम्पर्क नम्बर सहितको विवरण साथ नजिकको प्रहरी कार्यालयमा गई दर्ता गराउनु पर्नेछन् । प्रहरी कार्यालयमा अभिलेख भएमा घटना दुर्घटना हुँदा पक्राउ गर्ने सहज हुने छन् ।
रौतहट जिल्लाको दक्षिणी भेगमा तथा मध्यमा बढ़ी भारतीय नम्बरको सवारिसाधन प्रयोग भैरहेको छ । समयमा दर्ता गराएंन भने कÞानूनी कार्यवाही गरिने प्रहरी नायव उपरीक्षक कार्कीले चेतावनी दिएका छन् ।
तपाईको प्रतिक्रिया