भरतलाल तथा पुष्करलालका नाममा अवार्ड घोषणा

समाचार

12/31/2019

काठमाडौं, १६ पुस । सुप्रसिद्ध समाजसेवी तथा व्यवसायीस्व. भरतलाल श्रेष्ठ र बहुचर्चित पत्रकार तथा सञ्चार उद्यमी स्व. पुष्करलाल श्रेष्ठको नाममा कामना न्यूज पब्लिकेसन्स प्रालिले सम्मान अवार्ड स्थापना गरेको छ ।

सो अवार्ड यही पुस १९ गते सीजी इन्टरटेनमेन्टको प्रस्तुतिमा राजधानीमा हुने गोदरेज नम्बर वन कामना फिल्म अवार्डस् २०७६ समारोहमा प्रदान गरिने छ ।

भरतलाल ह्युम्यानिटेरियन अवार्ड तथा पुष्करलाल मिडिया अवार्ड क्रमशः समाज सेवा र नेपाली मिडियाका क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरुलाई प्रदान गरिने छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ