भारतले नेपाललाई ११ अर्ब २० करोड रूपैयाँ अनुदान सहयोग दिने

समाचार

2/3/2019

काठमाडौं, २० माघ । भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ (७ अर्ब भारू) बराबर अनुदान सहयोग दिने भएको छ ।

भारतका अन्तरिम वित्तमन्त्री पियूस गोयलले सार्वजनिक गरेको आर्थिक वर्ष २०१९÷२० को युनियन बजेटमार्फत नेपाललाई ७ अर्ब भारू सहयोगको अनुमान पेश गरेका हुन् ।

विदेशी मुलुकलाई दिइने ऋण तथा अनुदानको सूचीमा यो रकम उल्लेख छ । बजेटमार्फत उसले पाकिस्तानबाहेकका दक्षिण एसियाली छ मुलुकसहित म्यानमार, मोरिसस, मंगोलियासहित अफ्रिकी, युरेसियन, ल्याटिन अमेरिकी क्षेत्रमा सहयोग गर्ने भएको छ ।

गत वर्ष झैं विभिन्न आर्थिक तथा क्षेत्रीय संगठनलाई दिइने अनुदान÷ऋण सहयोग पनि बजेटमा छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ