भद्रपुर, ६ पुस । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाल भौगोलिक अखण्डता असंशोधनीय रहेको बताएका छन् ।
भद्रपुरमा भएको कार्यक्रममा बोल्दै नेता सिटौलाले भने, ‘संविधानले भौगोलिक अखण्डता चाहेर पनि संशोधन गर्न सक्दैन । भौगोलिक अखण्डता नै राष्ट्रियताको पहिचान हो ।’
‘अहिले पश्चिममा कालापानी, लिम्पियाधुरा क्षेत्रको नेपाली भूमि भारतले मिचेको विषय चर्चाको शिखरमा छ’, उनले भने, ‘हामीले सरकारलाई भनेका छौं । मित्र राष्ट्र भारतसँग उच्चस्तरीय राजनीतिक र कूटनीतिक पहल गरेर समाधान गरियोस् ।’
‘यो हल्ला गरेर भन्दा पनि दुई देश बीचमा राजनीतिक र कूटनीतिक पहल गरेर सीमा विवादको विषय समाधान गर्न सरकारलाई कांग्रेसले सुझाव दिइसकेको छ’, उनले भने, ‘प्रधानमन्त्री जीले बोलाउनु भएको सर्वदलीय बैठकमा कांग्रेस यी सुझाव राखेको हो । बैठकमा सरकारले गर्छु भनेको छ । तर के गरेको छ, हामीलाई जानकारी प्राप्त भएको छैन ।’
तपाईको प्रतिक्रिया