भारतसँग एक सेट रेल किन्ने प्रक्रिया सुरू

समाचार

12/26/2018

काठमाडौं, ११ पुस । भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म चलाउन आफ्नै रेल ल्याउने सरकारी निर्णयसँगै भारतसँग एक सेट रेल किन्ने प्रक्रिया सुरू भएको छ ।

रेलवे विभागका महानिर्देशक बलराम मिश्रले भारत सरकारसँग रेल किन्नका लागि प्रस्ताव पठाइ सकिएको बताए ।

मिश्रले सरकारको निर्णय अनुसार तत्कालका लागि एक सेट रेल किन्न प्रस्ताव पठाएको बताए ।

यसअघि पुस पहिलो साताको बसेको मन्त्रिपरिषद् बैठकले रेल किन्न पचास करोड रूपैयाँ बजेट छुट्टाएको थियो ।

दुई सेट रेल किन्न झन्डै १ अर्ब लाग्ने भए पनि सरकारले पहिलो चरणमा आधा रकम छुट्याएको हो । सरकारले छ महिनाभित्र भारतको जयनगरबाट जनकपुर आउने रेल सञ्चालन हुने बताएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ