भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ बढाउन चाहन्र्छौं : प्रधानमन्त्री ओली

समाचार

2/8/2020

काठमाडौं, २५ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको आर्थिक समृद्धिका लागि भारत र चीनसँगको सम्पर्क सञ्जाल महत्वपूर्ण रहेको बताएका छन् ।

प्रधानमन्त्री ओलीले भने, “हामी भारतसँग ‘मल्टिमोडल कनेक्टिभिटी’ र चीनसँग सीमापार बहुआयामिक विकासको सञ्जालमा जोडिन चाहन्छौैँ ।”

प्रधानमन्त्री ओलीले जोडिन लागेको रेल्वे लाइनले हाम्रो छिमेकीसँग जोड्ने मात्र नभई नेपालको यातायात र ढुवानीको व्यवस्थामा क्रान्ति ल्याउने विश्वास व्यक्त गरे ।

सीमापार प्रशारण लाइनलाई नेपालले प्राथमिकता दिएको प्रधानमन्त्रीको भनाइ थियो ।

काठमाडौँमा भएको कान्तिपुर कन्क्लेभको दोस्रो संस्करणलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विगतमा भएका विभिन्न देशको उच्चस्तरीय भ्रमणहरुले ती देशसँगको सम्बन्ध विस्तार गर्दै बहुपक्षीय क्षेत्रमा सहकार्यको वातावरण निर्माण गरेको दाबी गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ