नयाँ दिल्ली, २ माघ । । भारतका विदेशमन्त्री एस जयशंकरले भारत स्थिर शक्ति भएको बताएका छन् । उनले आफ्नो देश अस्थिरता निम्त्याउने शक्ति नभएर विश्वव्यापी कानून पालन गर्ने परामर्शदाता र एक स्थिर शक्ति भएको स्पष्ट पारे ।
दिल्लीमा आयोजित वैश्विक बहुपक्षीय सम्मेलन ‘राइसिना डाइलग २०२०’ मा बोल्दै जयशंकरले भने,‘अस्थिरता निम्त्याउने समूहरु विश्वमै पहिल्यैदेखि छन् हामी चाहिँ स्थिर शक्ति हौं ।’
सो क्रममा जयशंकरले भारतको नीति आफूमा मात्र केन्द्रित नभएर विश्व व्यापार, आयात तथा निर्यातमा भएको बताए। उनले भारतले विश्वव्यापी कानूनको पालना गर्दै परामर्शदाताको भूमिका खेल्ने बताए । सो क्रममा उनले अमेरिका र इरानबीचको तनाव चाँडै कम हुने विश्वास व्यक्त गरेका थिए ।
तपाईको प्रतिक्रिया