भारत र चीनबीच सीमासम्बन्धी ९ बुँदे सहमति

समाचार

12/23/2019

काठमाडौं, ७ पुस । भारत र चीनबीच नयाँ दिल्लीमा सीमा सम्बन्धी उच्चस्तरीय बैठक भएको छ । बैठकमा भाग लिन चीनका स्टेट काउन्सिलर तथा विदेश मन्त्री वाङ यी नयाँ दिल्ली आएका थिए भने भारतका तर्फबाट बैठकमा नेतृत्व राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभलले नेतृत्व गरेका थिए ।

दुवै देशले सीमा मामिला हेर्नका लागि विशेष प्रतिनिधिस्तरको बैठक नियमित रुपमा गर्दै आएका छन् । गएको सेप्टेम्बरमा यो बैठक तय भएकोमा पछि एक्कासी स्थति भएको थियो । बैठकपछि भारतको विदेश मन्त्रालयले ९ बुँदे वक्तव्य जारी गरेको छ ।

जसको पहिलो नम्बरमा यो दुई देशको २२ औं चरणको बैठक भएको उल्लेख गरिएको छ । पहिलो बुँदामा दुवै पक्षबाट क–कसले नेतृत्व गरेका थिए भन्ने कुरा उल्लेख गरिएको छ ।

वक्तव्यमा जनाइएअनुसार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङबीच गएको अक्टोबर २०१९मा भारतको चेन्नईमा भएको दोस्रो अनौपचारिक शिखर सम्मेलनको मार्ग्निर्देशन अनुसार दुई पक्षबीच नजिकको विकास साझेदारीलाई रचनात्मक बनाउने कुरामा बैठक केन्द्रित भएको र त्यसपछिका प्रगतिको बारेमा पुनरवलोकन गरिएको जनाइएको छ ।

दुवै देशका विशेष प्रतिनिधिहरुले सीमाको प्रश्नलाई भारत र चीनको रणनीतिक अवधारणामा केन्द्रीत रहेर दुवै देशको आधारभूत चासोलाई सम्बोधन गर्दै समाधान गर्ने कुरामा सहमति जनाएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ