भरवलिया र पुरैनियामा राहत बितरण एवं स्वास्थ्य शिविर संचालन

समाचार

4/5/2019

वीरगंज, २२ चैत । हावाहुरीबाट प्रभावित बारा जिल्लाको भरवलिया र पुरैनियामा एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल वीरगन्जद्वारा राहत वितरण गरिएको छ । साथै पुरैनियामा स्वास्थ्य शिविर समेत संचालन गरेको छ ।

एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटल वीरगंजका संचालक एवं वरिष्ठ न्यूरो सर्जन डा.श्यामबाबू प्रसादको नेतृत्वमा राहत वितरण एवं स्वास्थ्य शिविर संचालन गर्न गएको टोलीमा डा.संजय आलम, डा.विकास गुप्ता, डा.बलिराम साह, हेल्थ असिस्टेन्ट आसुतोष तिवारी, अहेब राधे यादव, आलोक सिन्हाले सहयोग पुर्याएका थिए भने समाजसेवी रामअशीष पटेल र युवा नेता बिष्णु पटेल लगायत स्थानीयले समेत हाथेमालो गरी सहयोग गरेका थिए ।

शिविरमा २५० भन्दा बढीलाई चेकजाँच गर्नुको साथै औषधीसमेत वितरण गरिएको थियो । राहत स्वरूप भरवलिया र पुरैनियामा चाउचाउ ४५० पीस, पानी २४० पीस, सेनेटीपैड ६० पीस, झूल ५० पीस वितरण गर्नुको साथै पुरैनियामा निःशुल्क स्वास्थ्य शिविर समेत गरेको अस्पतालका प्रशासन प्रमुख सुनील पटेलले बताए ।
पटेलका अनुसार वितरण गर्न बाँकी रहेको औषधी स्थानीय शिबिर संचालनकलाई दिएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ