भ्रष्टाचार नियन्त्रण गर्न माथिबाटै झाडु लगाउनु पर्छ : मुख्यमन्त्री राउत

समाचार

12/15/2018

जनकपुरधाम, २८ मंसिर । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले भ्रष्टाचार अन्त्यका लागि माथिबाटै सम्पति शुद्धिकरण अभियान थाल्नु पर्ने बताएका छन् ।

सम्पति शुद्धिकरण अनुसन्धान विभागद्वारा शुक्रबार जनकपुरधाममा आयोजित सम्पति शुद्धिकरण निवारण विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले अनुसन्धान विभागले साना तिनामाथि मात्रै कारवाही गर्दै आएकोले भ्रष्टाचार नियन्त्रणमा सफलता प्राप्त हुन नसकेको बताए ।

उनले मुलुकलाई लुटेर विदेशमा रकम थुपार्ने ठुलाबडालाई छोडेर सम्पति शुद्धिकरण विभागले सानातिना माथि मात्र कारबाही गरि रहेको उल्लेख गरे ।

उनले भने,‘भ्रष्टाचार नियन्त्रण गर्न माथिबाटै झाडु लगाउनु पर्दछ, तलमात्र झाडु लगाएर हुँदैन ।’
नारामा मात्र नभई सम्पति शुद्धिकरणलाई व्यवहारमा ल्याउन उनले विभागका पदाधिकारीहरुलाई आग्रह गरे ।

विभागका महानिर्देशक जिवन प्रसाद सिटौलाको अध्यक्षतामा भएको उक्त अन्तरक्रिया कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयको सचिव हरि प्रसाद फ्ुयाल सहित प्रदेश सरकार विभिन्न मन्त्रालयका सचिवहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ