काठमाडौं, ६ फागुन । मानव अधिकार तथा शान्ति समाजको आयोजनामा पाल्पाको तानसेनस्थित टुँडीखेलमा नागरिक सभा सम्पन्न भएको छ ।
सभामा प्रमुख वक्ताको रुपमा बोल्दै समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशमा एक पछि अर्को गर्दै अर्बौंका भ्रष्टाचार प्रकरणहरु देखिँदै गएको र त्यस विरुद्ध कारबाही गर्न सरकार उदासीन भएका कारण उक्त प्रकरणहरुका मूल दोषीहरुमाथी कारबाही सुनिश्चित गर्न सामूहिक आन्दोलनको आवश्यकता भएको बताएका छन् ।
सो अवसरमा प्रदेश सभा साँसद बीरबहादुर रानाले शान्ति समाजको भ्रष्टाचार बिरुद्धको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै आफूलाई राजनीतिक दलको ह्वीपले गाँजेको भएता पनि शान्ति समाजलाई कुनैपनि ह्वीपले छेक्न नसक्ने हुँदा कुशासन र भ्रष्टाचारका सवालमा निर्धक्कसंग अघि बढ्न आग्रह गरेका छन् ।
नागरिक सभामा मानव अधिकार तथा शान्ति समाजका सभापति उत्तम पुडासैनीले फोहोरको डुंगुरभित्र स्वाभिमान र आत्मसम्मान हराउने खतरातर्फ संकेत गर्दै पाल्पा र कालिगण्डकी नदीमा बढ्दो फोहोरको नियन्त्रणमा पाल्पालीलाई आग्रह गरेका थिए ।
तपाईको प्रतिक्रिया