धनगढी, १९ मंसिर । डोटीको आदर्शगाउँपालिका–७ तलारा गाउँकी ४० वर्षीया भागिरथी जोशी भालुको आक्रमणबाट गम्भीर घाइते भएकी छन् ।
घर नजिकै घाँस काटेर फर्किरहेको अवस्थामा भालुले झम्टेको घाइते जोशीले बताइन् । उनको शरीरभरि घाउ छ । यसैगरी बझाङको गुदुखाती गाउँमा भालुको आक्रमणबाट स्थानीयवासी ६० वर्षीया जरु धामी घाइते भएका छन् ।
उनी घर नजिकै घाँस काट्ने क्रममा भालुको आक्रमणमा परेका हुन् । आक्रमणबाट उनले एक आँखा गुमाउनुपरेको छ ।
गुदुखातीमा भालुको आक्रमणबाट थप स्थानीयवासी तीन घाइते भएको पीडित महिलाले बताइन् । घाइतेलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढी ल्ष्याइएको छ ।
तपाईको प्रतिक्रिया