मदर्सा भवनको शिलान्यास

समाचार

2/25/2020

वीरगन्ज, १३ फागुन । गत चैत्र १८ गते आएको हुरीबतासले फेटा गाउँपालिकामा ठूलो जनधनको क्षति भएको थियो । उक्त हुरीबतासमा ३५ जनाको मृत्यु हुनुका साथै ६ सय जना घाइते भएका थिए त्यस्तै हजारौं घरहरु क्षतिग्रस्त भएको थियो ।

नेपाल सरकारले नेपाली सेनाको सहयोगमा दुई कोठे भवनहरु निर्माण गराए पनि धेरै ठाउँको निर्माण कार्यहरु अधुरो भएकाले बारा क्षेत्र नं.४ का सांसद एकबाल मियाँको संसदिय कोषबाट निकासा भएको १० लाख रकमको सहयोगबाट फेटा गाउँपालिका स्थित वडा नं.३ मा रहेको मदर्सा भवनको शिलान्यास भएको छ ।

उक्त मदर्सामा अध्ययरत १५० जना मुस्लिम छात्रछात्राहरुले शिक्षा आर्जन गरिरहेका छन् । मदर्सा जिर्ण अवस्थामा भएकोले गर्दा पठनपाठनमा निकै समस्याहरु निरन्तर रुपमा परिरहेको थियो । उक्त समस्यालाई न्युनीकरण गर्न संसदीय कोषको रकमबाट निमार्ण कार्य अगाडी बढाएको सांसद मियाँले बताए । शिलन्यासको क्रममा सांसद एकवाल मियाँले आउने ३ बर्षको कार्यकालपछि विकासका परिणाम जनताले पहिलेको संसाद र अहिलेको संसदले गरेको कार्यको मुल्यांकन गर्ने पनि बताए । शिक्षा क्षेत्रलाइ गुणस्तर बनाउन प्रतिस्पर्धात्मक कृयाकलापले प्रशिक्षण गराउनु पर्ने अहिलेको आवश्यकता रहेको छ उनले भने । अब मदर्साका विद्यार्थीहरुलाई गणित र विज्ञान बिषयलाइ समावश गरी पढाउने धारणा व्यक्त गरे ।

उनले आफुले पर्सौनी गाउँपालिका भित्र ७० करोडको लागतमा आइटी टेक्नोलोजीका पोलिटेक्निक कलेज निर्माण कार्य भइरहेको पनि बताए । मदर्सा शिलान्यास कार्यक्रमको प्रमुख अतिथी सांसद एकवाल मियाँ, विशिष्ट अतिथी फेटा गा. पा. अध्यक्ष अमिरिलाल गुप्ता, अतिथीहरुमा क्षेत्रीय अध्यक्ष सिताराम गुप्ता, वरिष्ठ उपाध्यक्ष जवाहिर महतो, वरिष्ठ केन्दि«य उपाध्यक्ष जफरुल मिया, प्रदेश न.२ का अध्यक्ष मदन गुप्ता,मोम्ताज मिया,वडा अध्यक्ष उपेन्द्र साह, जुबैर मिया, बिजय कुमार, रामसुनर ठाकुर, मेन्नुद्दीन मिया, सन्तोष पटेल उपेन्द्र यादव, संजय मण्डल लगायत नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ