भवनमा होल्डर जोड्ने क्रममा करेन्ट लागेर मृत्यु

समाचार

4/20/2019

झापा, ७ बैशाख । विर्तामोड नगरपालिका–४ स्थित आदर्श बैङकटेक भवनमा होल्डर जोड्ने क्रममा बिजुलीको करेन्ट लागेर ईलाम लक्ष्मीपुर गाउँपालिका–८ बस्ने ४० वर्षीय योगेन्द्र लायो मगरको शनिबार बिहान मृत्यु भएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ