बुटवल, २ फागुन । नेपाल सरकारको हरेक निर्वाचन क्षेत्रमा एउटा नमुना विद्यालय बनाउने अभियान अन्तर्गत रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका १ मा विद्यालय भवन शिलान्यास भएको छ ।
उक्त क्षेत्रमा रहेको प्रगति नमुना माविको भवन राष्ट्रियसभामा सत्तापक्षका प्रमुख सचेतक खिमलाल भट्टराईले आइतबार एक समारोहबीच शिलान्यास गर्नुभएको छ ।
विद्यालयको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि भट्टराईले सरकारको उद्देश्यबमोजिम प्रगती माविलाई यस क्षेत्रकै नमुना विद्यालय बनाउने कुरामा जोड दिनुभयो ।
तपाईको प्रतिक्रिया