भाषा संस्कृतिको सवालमा सरकार गम्भीर देखिएन : आलम

समाचार

2/22/2019

रौतहट, १० फागुन । रौतहटमा विभिन्न कार्यक्रम गरी विश्व मातृ भाषा दिवस मनाइएको छ । मातृभाषा, संस्कृति संरक्षण प्रवर्दनका लागि कार्य गर्दै आएका स्थानीय ग्रामिण शिक्षा विकास नेपालले गौरमा आयोजना गरेको बज्जिका भाषा विकास समारोह २०७५ को सम्बोधन गर्दै नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य मो. अफताब आलमले वर्तमान सरकार भाषा संस्कृतिको सवालमा गम्भीर नभएको आरोप लगाएका छन् ।

लोप हुँदै गइरहेको संस्कृति, कला, भेषभुषाको संरक्षण हुनुपर्ने जोड दिँदै आलमले सरकार मधेशमा द्वेश चरित्र देखाएको दावी गरे । उनले भने मधेशी, मुस्लिम, थारु, आदीवासी, जनजाति, उत्पीडनमा परेका वर्ग समुदायको दमन गर्ने सरकारको नीतिको काग्रेस ध्वस्त पार्ने छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ