माइक्रो बसले अटोलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

10/25/2019

कैलाली, ७ कार्तिक । गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित सडकमा से.१ ज १९३२ नम्बरको माईक्रो बसले से.१ ह २१५६ नम्बरको अटोलाई ठक्कर दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी अटोमा सवार गौरीगंगा नगरपालिका–८ बस्ने २५ वर्षीय निर्मला बुढामगरको मृत्यु भएको छ ।

उपचारको लागि कोहलपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै सवारी साधन सहित माईक्रोबस चालक धनगढी उपमहानगरपालिका–१३ बस्ने २७ वर्षीय गोपाल रानालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ