विराटनगर, ७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले फागुपूर्णिमा (होली) पर्व २०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । यस पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने विश्वास मुख्यमन्त्रीले व्यक्त गरेका छन् ।
तपाईको प्रतिक्रिया