मुख्यमन्त्री प्यापशन क्रिकेट टुर्नामेन्टमा सप्तरी विजयी

समाचार

12/21/2018

वीरगन्ज, ४ पुस । वीरगन्ज महानगरपालिकाको नगर प्रमुख विजय कुमार सरावगीले महानगरपालिकाले छिटै मेयरकप गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री प्यापशन टि ट्वान्टी क्रिकेट टुर्नामेन्टको समापन कार्यक्रममा बोल्दै नगरप्रमुख सरावगीले यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

प्यापशनको प्रदेश समितिले आयोजना गरको उक्त क्रिकेट टुर्नामेन्टको विजयी खेलाडीहरुलाई पुरस्कार वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख सरावगीले वीरगन्ज महानगरपालिकाको ३२ वटै वडाका टिमहरुलाई मेयर कपमा सहभागी गराउने र त्यय टुर्नामेन्टमा उत्कृष्ट गर्ने खेलाडिहरुबाट महानगरपालिका स्तरको क्रिकेट टिम बनाइने बताए ।

नगर प्रमुख सरावगीले नारायणी रगंशालाको व्यवस्थापनको जिम्मेवारी छिटै नै निश्चय भएपछि यहा प्रदेश स्तरकै स्टेडियम बनाउन प्रयास भइरहेको उनको भनाइ समेत रहेको थियो ।

प्यापशनका प्रदेश अध्यक्ष मुरारी प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त समापन कार्यक्रममा विजयी टिम तथा खेलाडिहरुलाइ नगर प्रमुख सरावगीले पुरस्कार बितरण गरेका थिए । 

सम्पन्न भएको टुर्नामेन्टको फाइनल खेलमा २१ रनले प्यापशन सप्तरी विजयीभइ प्रथम भएको छ भने टुर्नामेन्टको द्धितिय स्थान वीरगन्ज प्यापशनले हासिल गरेको छ ।

सुरुमा टस जितेर प्यापशन सप्तरीले बैटिग ंगर्दै २० ओभरमा ४ विकेट गुमाउदै १६७ रन बनाएको थियो । प्रतिउतरमा ओर्लेको प्यापशन वीरगन्जले २० ओभरमा ९ विकेट गुमाउदै १४६ रनमात्र प्राप्त गर्न सफल भएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ