छिन्नमस्ता मन्दिरमा मुख्यमन्त्री स्वच्छता अभियान

समाचार

2/6/2020

सप्तरी, २३ माघ । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत सप्तरीको छिन्नमस्ता भगवती मन्दिर सौन्दर्यीकरण योजनाको एक कार्यक्रमबीच शिलान्यास सम्पन्न भएको छ ।

पूर्व उपप्रधानमन्त्री एवं समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउतले संयुक्त रुपमा उक्त परियोजनाको शिलान्यास गरे । 

६ करोड ३० लाखको लागतमा १५ महिना भित्र मन्दिर परिसरस्थित पोखरीको सौन्दर्यीकरण, धर्मशाला, शौचालयको निर्माण तथा विजुली वत्तीको व्यवस्था गरिने मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिनियर डिभिजनल इन्जिनियर भगवाल झाले जानाकरी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ