बुटवल, २४ पुस । थारु जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले रुपन्देहीको सैनामैना नगरपालिका–११, सालझण्डीमा माघी महोत्सव आयोजना गरिएको छ ।
थारु कल्याणकारी सभा सैनामैनाले तराईका आदिवासी जनजातिको पुरानो संस्कृति लोप हुँदै गएको भन्दै माघी महोत्सव आयोजना गरेको सैनामैना अध्यक्ष दुलबहादुर थारुले बताए ।
सैनामैनाको सालझण्डीमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष थारुले पुस २४ देखि २६ सम्म तीन दिने हुने महोत्सवमा थारु समुदायको परम्परागत नाच, खानपान, रहनसहन लगायतको प्रस्तुति रहने जानकारी दिए ।
थारु समुदायले प्रत्येक वर्ष रुपन्देहीका विभिन्न स्थानमा माघी पर्वका अवसरमा माघी महोत्सव गर्दै आएका छन् । थारु कल्याणकारी सभाका केन्द्रीय पार्षद खुसीराम चौधरीलेमाघ १ लाई थारु समुदायले नयाँ वर्षका रुपमा मनाउँदै आएका छन् ।
तपाईको प्रतिक्रिया