माघ २ देखि छोरी बीमा सप्ताह

समाचार

12/26/2019

जनकपुरधाम, ११ पुस । प्रदेश २ सरकारले बेटी पढाउ बेटी बचाउ कार्यक्रमअन्तर्गत सञ्चालनमा ल्याएको छोरी शिक्षा बीमालाई व्यापक बनाउँदै जनस्तरसम्म पु¥याउन छोरी बीमा सप्ताह सञ्चालन गर्ने भएको छ ।

गत वर्ष माघ १ गते यता प्रदेशमा जन्मेका छोरीहरूको शिक्षाका लागि बीमा गर्ने सरकारले घोषणा गरे पनि कर्मचारी अभाव लगायतको कारणले सोचेअनुरूपको बीमा हुन नसकेपछि प्रदेश सरकारले प्रत्येक स्थानीय तहमा शिविर संचालन गरी उनीहरूको घरदैलोमै पुगी बीमा लगायतको अन्य सुविधा प्रदान गर्नेगरी सप्ताह मनाउने निर्णय गरेको छ ।

माघ २ गतेदेखि प्रदेशको आठवटै जिल्लामा शिविर संचालन गरिने बेटी पढाउ बेटी बचाउ अभियानका संयोजक प्रियंका यादवले बताइन् ।

उक्त शिविरमा शिक्षा बीमाका साथै छोरीहरूको स्वास्थ्य जाँच, निःशुल्क औषधी वितरण सहितका कार्यक्रम समेत गरिने जनाइएको छ ।

माघ २ गतेदेखि सुरू हुने छोरी बीमा सप्ताह सबै स्थानीय तहमा पुगी सम्पन्न हुने छन् । यस अभियानले विभिन्न कारण बीमा गराउन नसकेका छोरीहरूलाई समेटिदै पछिल्लो एक वर्षभित्र जन्मेका छोरीहरूको बीमा शतप्रतिशत पु¥याउने लक्ष्य लिएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ