सिराहा, २५ कार्तिक । धनगढीमाई नगरपालिका–१० धनगढी बजारस्थित सडकमा ना.५३ प ३५९९ नम्बरको मोटरसाइकलले आइतबार बिहान ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।
पैदलयात्री लक्ष्मीपुरपतारी गाउँपालिका–१ रामपुर बस्ने ६० वर्षीय जगदिश साहलाई उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया