धनुषा, २ बैशाख । गणेशमान चारनाथ नगरपालिका–९ जयनगरस्थित सडकमा ज.१० प ४८७७ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने पैदलयात्री ५५ वर्षीया उर्मिलादेवी यादवलाई उपचारको लागि न्यूरो अस्पताल बिराटनगरतर्फ लैजाने क्रममा बाटौमै मृत्यु भएको छ । मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया