ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

3/4/2019

सप्तरी, १८ फागुन । अग्निसाइर कृष्णसवरन गाउँपालिका–६ स्थित सडकमा को.५ प १६८७ नम्बरको मोटरसाइकललाई ना.६ ख १३१७ नम्बरको ट्रकले शुक्रबार साँझ ठक्कर दिँदा भएको दुर्घटनामा मोटरसाइकलमा सवार सोही गाउँपालिका–१ बस्ने ३९ वर्षीया कपुरदेवी मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मृतकका श्रीमान् ४२ वर्षीय दुर्गानन्द मण्डल र १२ वर्षीय छोरा चेतनारायण मण्डलको सिटीकेयर अस्पताल महुलीमा उपचार भइरहेको छ । दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ