सुनसरी, २५ फागुन । कोशी गाउँपालिका–८ नेहरुपार्क्स्थित सडकमा को.३३ प २०५१ नम्बरको मोटरसाइकललाई बा.५ ख ७११६ नम्बरको माईक्रोबसले शुक्रबार दिउसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–३ फत्तेपुर बस्ने ६० वर्षीय अम्मरबहादुर थापाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने मोटरसाइकल चालक ३८ वर्षीय मोहनराज थापाको सोही अस्पतालमा उपचार भइरहेको छ । दुबै सवारी साधन सहित माईक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया