मोरङ, २३ असार । मोरङमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
बुढीगंगा गाउँपालिका ४ स्थित कोशी राजमार्गमा को.२८ प १९०७ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा भोजपुरका ३४ वर्षीय लोक बहादुर खड्कीको मृत्यु भएको छ ।
बाटो काटने क्रममा मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको उपचारको लागि बिराट मेडिकल कलेज गंगाचोकतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया