मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

समाचार

4/19/2019

धनुषा, ५ बैशाख । धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा धनुषा जनकपुर उपमहानगरपालिका–११ का असलम राईन, सोही उपमहानगरपालिका–४ का दिप कुमार महतो, सोही उपमहानगरपालिका–७ का संजिव कुमार साह, सोही उपमहानगरपालिका–१ का अरविन्द कुमार साह र हसिबुल नदाफ रहेका छन् ।

उनीहरुलाई चोरी गरेको ज.९ प ४६१८, ज.१ प ८२ ९५, ना. ३५ प ५९२०, बा.७८ प ११८४, ज.१३ प १५१७ र ज.११ प ६०८९ नम्बरको मोटरसाइकल सहित फेला पारी पक्राउ गरिएको हो ।

विगत केही समयदेखि धनुषाका बिभिन्न स्थानहरुबाट मोटरसाइकल हराएको जनगुनासो तथा उजुरी बढेपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मातहतका प्रहरी कार्यालयहरुबाट छुट्टाछुट्टै रुपमा परिचालित प्रहरी टोलीले उनीहरुलाई बिभिन्न स्थानबाट चोरी गरिएका मोटरसाइकल सहित फेला पारी पक्राउ गर्न सफल भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ