रौतहट, ३ मंसिर । दुर्घटनामा परी घाइते भएका एक जनाको उपचारको क्रममा सोमबार मृत्यु भएको छ ।
आइतवार रौतहटको यमुनामाइ गाउँपालिका वडा नम्बर ४ स्थित गौर चपुर सडक खण्डमा चपुरबाट गौरतर्फ आउँदै गरेको ना४२प २५८ न. को मोटर साइकल वयल गाडामा ठोक्किँदा घाइते भएका मौलापुर नगरपालिका वडा नम्बर ५ बस्ने २० वर्षीय चालक हेमलाल साहको उपचारको क्रममा काठमाडौंस्थित टिचिंग अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा घाइते भएका १९ वर्षीय श्याम कुमार साहको अवस्था सामान्य रहेको प्रहरीले जनाएको हो ।
तपाईको प्रतिक्रिया