मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

समाचार

11/4/2018

बारा, १७ कार्तिक । कलैया उपमहानगरपालिका–२ स्थित सडकमा ना.५ त ७७२६ नम्बरको ट्याक्टरलाई ओभरटेक गर्ने क्रममा ना.४६ प ९४६ नम्बरको मोटरसाइकल शनिबार दिउसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी मोटरसाइकलमा सवार सोही उपमहानगरपालिका–१६ बस्ने ३० वर्षीया जरबुन नेसाको जिल्ला अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ