बाँके, १५ पुस । नेपालगंज उपमहानगरपालिका–२० स्थित सडकमा कोहलपुरबाट नेपालगंजतर्फ जाँदै गरेको भे.८ प ४६४ नम्बरको मोटरसाइकल मंगलबार बिहान दुर्घटना भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुर्खेत लेखबेसी नगरपालिका–५ बस्ने ४० वर्षीय गणेश नेपालीको नर्सिङहोम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाको सम्बन्धमा तत्काल खटिएको स्थानीय प्रहरीले आवश्यक उद्धार एवं अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया