बर्दिया, १८ चैत । बारबर्दिया नगरपालिका–९ बनगाईस्थित सडकमा भे.८ प ६९६८ नम्बर र बा.९१ प ९३७७ नम्बरका मोटरसाइकल एकआपसमा ठोकिन गई आइतबार बिहान दुर्घटना हुँदा दुवै मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका भे.८ प ६९६८ नम्बरको मोटरसाइकल चालक मधुवन नगरपालिका-१ बस्ने २१ वर्षीय सुरज चौधरी, सोही मोटरसाइकलमा सवार १४ वर्षीया कृष्णा चौधरी र बा.९१ प ९३७७ नम्बरको मोटरसाइकल चालक बारबर्दिया नगरपालिका(९ बस्ने २३ वर्षीय खगेन्द्र बस्नेतको मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया