सप्तरी, २९ जेठ । शम्भुनाथ नगरपालिका ५ तारखानास्थित सडकमा स.७ प १५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
बुधबार बिहान दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक खडक नगरपालिका ६ का २२ वर्षीय उमेश चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
युनिक अस्पताल रुपनीमा उपचारको क्रममा उमेशको मृत्यु भएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया