धनगढी, ४ जेठ। जानकी गाउँपालिका ७ बेलासपुरमा से २ प ४२४६ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ ।
टीकापुरबाट जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक २३ वर्षीय कृष्ण बम गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ ।
घाइते बमको टिकापुर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ ।
तपाईको प्रतिक्रिया