मोरङ, २२ माघ । बुढिगंगा गाउँपालिका–४ पोटियास्थित भित्री सडकमा को.२२ प ५९२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मंगलबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सुनसरी दुहवी नगरपालिका–२ घर भएका ३५ वर्षीय युवराज सुतिहारको बिराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार दुहवी नगरपालिका–११ बस्ने २१ वर्षीय सुरज ऋषिदेवको सोही अस्पतालमा उपचार भइरहेको छ । फरार मोटरसाइकल चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया