मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरीको मृत्यु

समाचार

1/15/2019

सप्तरी, ३० पुस । सप्तरीको विष्णपुर गाउँपालिकास्थित निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा मोटरसाइकल दुर्घटनामा परी घाइते एक सशस्त्र प्रहरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते राजविराज नगरपालिका–१६ बोरिया निवासी देवचन्द्र यादवका छोरा ३० वर्षीय सरोज यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी बल बेस क्याम्प पातोमा कार्यरत यादव सवार को.४प १७७ नंको मोटरसाइकल निर्माणाधीन कुनौली–राजविराज सडकखण्डमा निर्माण भइरहेको कल्भर्ट पुलमा ठोक्किएको थियो । अधरो पुलको फलामे छड उनको छातीमा रोपिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ