कपिलवस्तु, २० माघ । शिवराज नगरपालिका–५ खैरीस्थित सडकमा लु.१ त ७२६६ नम्बरको ट्याक्टर अनियन्त्रित भई पर्खालमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।
सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका–५ हेलौडिया बस्ने ५२ वर्षीय भोला भन्ने हर्कमान चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया