मोटर चलाउने क्रममा करेन्ट लागेर पासवानको मृत्यु

समाचार

6/24/2019

रौतहट, ८ असार । जिल्लामा करेन्ट लागेर एक जनाको आइतबार विहान मृत्यु भएको छ ।

विद्युतीय मोटरबाट खेतमा पानी हाल्ने क्रममा करेन्ट लाग्दा स्थानीय गौर नगरपालिका वडा नम्बर ९ सिर्सिया निवासी ४० वर्षीय रामचन्द्र पासवानको मृत्यु भएको हो ।

एकलै रहेको पासवान करेन्ट लागेर अचेत अवस्थामा घटनास्थलमा रहेको बेला स्थानीय एक महिलाले प्रहरीलाई खबर गरेकी थिइन् ।

उपचारका लागि जिल्ला अस्पताल गौरमा ल्याउँदै गर्दा बाटोमै पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ