निःशुल्क मिटर वितरण

समाचार

4/25/2019

राजविराज, १२ वैशाख । नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ ।

नेपाल विद्युत प्राधिकरण जनकपुर क्षेत्रीय कार्यालय अन्तर्गतको राजविराज वितरण केन्द्रले बुधबार कार्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा जिल्लाका अतिविपन्न परिवार तथा सांस्कृतिक महत्वका सम्पदा गरी ४ सय ४३ थान मिटर र सोही संख्यामा एमसिबीसमेत निःशुल्क वितरण गरेको हो ।

अतिविपन्न तथा सार्वजनिक महत्वका मठ, मन्दिर र मस्जिदलाई १ हजार ५ सय थान मिटर र एमसिबी वितरण गर्ने लक्ष्य लिएको प्राधिकरणले पहिलो चरणमा राजविराज नगरपालिकाका ९१, डाक्नेश्वरी नगरपालिकाका ३२, छिन्नमस्ता गाउँपालिकाका १ सय ६१, रुपनी गाउँपालिकाका १ सय १, विष्णुपुर गाउँपालिकाका २३ र तिलाठी कोइलाडी गाउँपालिकाका ३५ गरी कुल ४ सय ४३ थान मिटर र एमसिबी वितरण गरेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ